पुनःनिर्मित पाटी र सिमाना पुल उद्घाटन

<span class='c1'>पुनःनिर्मित पाटी र</span> <span class='c2'>सिमाना पुल उद्घाटन</span>

भक्तपुर

सूर्यविनायक नगरपालिका–४ स्थित ऐतिहासिक पुरातात्विक माकले पाटी पुनःनिर्माण गरिएको छ । सय वर्ष पुरानो पाटी जीर्ण भएकाले रू ४५ लाख ५५ हजार ५६४ का लागतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तथा पुरातत्त्व विभागले पुनःनिर्माण गरेका हुन् ।

सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले आज संयुक्त रुपमा पाटी उद्घाटन गर्नुभयो । स्थानीयवासीका मागमा सांसद बस्नेतले रकम उपलब्ध गराउन पहल गरेपछि पाटीले नयाँ स्वरूप लिएको थियो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–४ दधिकोट र ७ गुण्डुको सिमानामा रहेको महादेव खोलामा निर्मित पुल पनि सांसद बस्नेत र प्रदेशसभा सदस्य आजै थापाले एकैसाथ उद्घाटन गर्नुभयो ।सदस्य थापाको पहलमा आएको रू ७३ लाख ६२९ को लागतमा पुल निर्माण गरिएको थियो ।

सांसद बस्नेतले चार वर्षमा २० अर्बको विकास बजेट ल्याएर जिल्लाकोे मुहार फेर्न सफल भएको र विकास, निर्माण र समृद्धिको यात्रामा भक्तपुर निकै अगाडि बढेको छ भन्नुभयो । “यो चार वर्षको अवधिमा चाँगुनारायणको दुवाकोटमा वीर अस्पताल निर्माणका लागि सात सय रोपनी जग्गा छुट्याइएकामा दोस्रो कार्यकालमा रू दुई अर्ब ८३ करोड रकम विनियोजन भयो, भक्तपुर क्यान्सर अस्पताललाई सरकारीकरण गरियो, क्यान्सर सेन्टर बनाउन ओली सरकारले दुई अर्बको बजेट विनियोजन गरेकाले नंखेल, चित्तपोल, सुडाल सिपाडोललगायत क्षेत्रमा ठाउँ खोजी भइरहेको छ, ” उहाँले भन्नुभयो, मानव अङ्ग प्रत्यारोपण केन्द्र झौखेलमा निर्माणका लागि डिपिआर बनाउन रू एक अर्बको बजेट विनियोजन भएको छ, क्षयरोग अस्पताल ठिमीलाई ५० शय्याको छाती रोग विशेषज्ञ अस्पताल बनाएर सञ्चालनको तयारीमा रहेको छ ।”

कोभिडका बिरामीको उपचारका लागि यहाँका छ अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बजेट ल्याउन सफल भएको चर्चा गर्दै नेता बस्नेतले अस्पतालमा एचडीयू, आईसीयू जडान गर्न थप रु २८ करोड जुटाइएको बताउनुभयो । उहाँले सूर्यविनायकबाट धुलिखेल जाने सडक विस्तार गर्न रू दुई अर्ब र प्राणी उद्यान निर्माण गर्न यस वर्ष मात्रै डीपीआरका लागि रू चार करोड, हनुमन्ते नदीमा करिडोर निर्माण गर्न रू दुई अर्ब र सानोठिमी सडकका लागि रू ८१ करोड विनियोजन भएको पनि जानकारी गराउनुभयो ।

प्रदेश सदस्य थापाले समृद्ध भक्तपुर बनाउने अभियानअन्र्तगत प्रत्येक वडा र टोलमा जाने आठ मिटरको सडक खोलिएको र सम्पदा, मठमन्दिर, स्कुल, स्वास्थ्य चौकीलगायत संरचना निर्माण भइरहेको बताउनुभयो । ‘उज्यालो भक्तपुर, हरियाली भक्तपुर’ अभियान चलाइएको पनि उहाँले जोड दिनुभयो ।

सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडा नं ४ का अध्यक्ष उत्तम थापा, ७ का अध्यक्ष रवीन्द्र सापकोटा लगायतले विकासमा गएको प्रगतिबारे चर्चा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्