विराटनगरमा घर तथा कार्यालय ईन्टेरियर सजावटका लागि चाहिने सामाग्रीहरुको बिक्रि गर्ने उद्देश्यले नयाँ व्यवसायको सुरुवात भएको छ । विराटनगर वार्ड नम्बर २ स्थित बरगाछी चौकको पुर्वमा माइ ड्रिम होम डेकोरेटरको आज शुक्रबार उद्घाटन भएको हो ।
माइ ड्रिम होम डेकोरेटरमा ग्राहकहरुले घरको भित्ताहरु सजाउन मिल्ने गरि कस्टमाइजड वालपेपर, कोरियन सिपेज फोम लगायतका सामाग्रीको खरिद गर्न सक्ने संचालक निश्चल पौडेलले बताउनु भएको छ । यसका साथै फुटसलहरुमा प्रयोग गर्न सकिने कृतिम घाँस, वुडेन क्ले आर्ट, क्यानभास वाल मुरल, भिनायल स्टिकर लगायतको समेत बिक्रि गरिने पौडेलले जानकारी दिनु भयो ।
विराटनगरवासीहरुले गुणस्तरीय र सहुलियत दरमा कार्यालय तथा घर सजावटको सामाग्रीहरु एकै ठाउँमा पाउन भन्ने उद्देश्यले माई ड्रिम होम डेकोरेटर सुरु गरिएको संचालक निश्चल पौडेलले बताउनु भयो ।