हिमालय दर्शनका दुई विद्यार्थी प्रदेश एकमा उत्कृष्ट

<span class='c1'>हिमालय दर्शनका दुई विद्यार्थी</span> <span class='c2'>प्रदेश एकमा उत्कृष्ट</span>

विराटनगर । हिमालय दर्शन कलेज विराटनगरका दुई जना विद्यार्थीले प्रदेश एक भरिमै त्रिभुवन विश्वविद्यालयको ब्याचलर्स अफ ईन्फरमेसन मेनेजमेन्ट (BIM) विषयको प्रथम सेमेस्टरमा उत्कृष्ट अङ्क प्राप्त गरेका छन् ।

उत्कृष्ट हुने विद्यार्थीहरूमा दीपा शाह र पुष्पा शाह रहेका छन् । दुबै विद्यार्थीले ३.७१ जिपिए ल्याएर हिमालय दर्शन कलेजलाई प्रदेश एक भरिमै उत्कृष्ट स्थान दिलाएका छन् । कोरोना कहरले आक्रान्त भएका बेला पनि कडा परिश्रम गरेर गौरवपूर्ण नतिजा दिलाउने दुबै विद्यार्थीलाई हिमालय दर्शन कलेजले अनुकूल समयमा विशेष सम्मान गर्ने क्याम्पस प्रमुख भरत सापकोटाले बताए।

विराटनगरका प्रतिष्ठित कलेजहरू मेरिल्याण्ड र शिक्षादीपको संयुक्त लगानीमा संचालित हिमालय दर्शन कलेजले अघिल्ला बर्षहरूमा पनि विभिन्न फ्याकल्टीमा बोर्ड दोस्रो, पाँचौ र छैटौं स्थान ल्याएको थियो। आइ टी, होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट अध्ययनका लागि हिमालय दर्शन कलेज प्रदेश एक भरिमै विद्यार्थीका लागि पहिलो रोजाइमा पर्दै आएको कलेजका डाइरेक्टर शैलेन्द्र सिवाकोटीले बताए। कलेजले विद्यार्थी, प्राध्यापक लगायत सबैप्रति आभार प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्