विराटनगर
बिराटनगर जेसिजले आफ्ना पुर्व अध्यक्ष श्यामसुन्दर पौडेल 'मिलन' लाई नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उठाउने भएको छ । भाद्र ४ गते बिराटनगर जेसिजको सचिवालयमा भएको बर्ष २०२१ को दोश्रो साधारण सभाले पौडेललाइ सर्वसहमत रुपमा राष्ट्रिय अध्यक्ष उमेदवार बनाउने प्रस्तावलाई पारित गरेको हो ।
उक्त निर्णय पारित भएसंगै बिराटनगर जेसिजले अध्यक्ष जिताउ अभियान सुरु गर्ने भएको छ । सो का लागि हरि बहादुर श्रेष्ठको संयोजकत्वमा विशेष समिति निर्माण गरेको छ । जसमा पुर्वअध्यक्ष ठाकुर प्रसाद आचार्यको नेतृत्व रहने गरि मुख्य संयोजकत्वमा विभिन्न उप समितीहरु निर्माण गरिएका छन र पौडेल जिताउ अभियानमा साधारणसभा बाट पारित भए सगै सक्रिय भएका छन ।
आफ्नो उम्मेद्बारी साधारणसभाबाट पारित भएसगै अध्यक्ष पदका उम्मेद्बार पौडेलले आफ्नो उमेदवारि समग्र १८ देखि ४० बर्ष सम्मका युवाको हितमा हुने बिचार ब्यक्त गरे । युवाहरु लाई उधमशिल बनाएरै छाड्ने आफ्नो अभियान रहेको र सो अभियानलाई सार्थक पार्न आफ्नो उम्मेद्बारी रहेको , जब सम्म एउटा युवालाई भित्रैबाट प्रज्वलित गर्न सकिँदैन तब सम्म कहिले पनि हामीले सोचेको उदेश्य प्राप्ती हुदैन र जब सम्म एउटा युवा उधमशिल बन्न सक्दैन , उधमी बन्न सक्दैन तब सम्म समाज परिवर्तन सम्भव नभएकाले आफ्नो मुख्य उदेश्य नै युवालाई उधमशिल बनाएर देश बिकासको महान अभियान मा सामेल गराउने रहेको र सोहिका लागि आफ्नो उम्मेद्बारी रहेको प्रस्ट पारे ।
पौडेल बिराटनगरको स्थानिय मोरङ सहकारी अस्पताल तथा कोशी हेल्थ कलेजको संचालकको रुपमा समेत अघि बढी रहेका युवा हुन् । उनले जेसिज अभियानमा समर्पित हुँदै जेसिजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभामा समेत सहभागिता जनाएका छन् ।
उत्कृष्ट कार्यकारी राष्ट्रिय पदाधिकारी अवार्ड २०१९ , उत्कृष्ट राष्ट्रिय पदाधिकारी अवार्ड २०१८ बाट समेत राष्ट्रिय स्तरमा पौडेल पुरस्कृत भैसकेका छन् । उनी राष्ट्रिय पदाधिकारी छदा १५६ शाखा को भ्रमण गरि हरेक जेसिजका सदस्यसंग हातेमालो गर्दै अघि बढेका छन् । बर्ष २०२१ मा राष्ट्रिय अध्यक्षको उम्मेद्बारी दिएका पौडेलले सहमति र सहकार्यका लागि आफ्नो उम्मेद्बारी अन्तिम समयमा फिर्ता लिएका थिए ।
बिराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहालले आफ्नो शाखाले राष्ट्रिय अध्यक्षको उमेदवार उठाएकाले शाखाका सबै पदाधिकारी , सदस्य तथा पुर्व अध्यक्षहरुलाइ सोही अनुसार सक्रिय भएर लाग्न र २२ बर्ष देखि को राष्ट्रिय अध्यक्षको खडेरी लाई चिर्दै यस बर्ष अध्यक्ष मा जिताएर नै छाड्ने गरि प्रतिज्ञा गर्दै अघि बढ्न अनुरोध गरे ।