दन्त चिकित्सक संघ मोरङको अध्यक्षमा डा. प्रेक्षा निर्वाचित

<span class='c1'>दन्त चिकित्सक संघ मोरङको</span> <span class='c2'>अध्यक्षमा डा. प्रेक्षा निर्वाचित</span>

दन्तचिकित्सकहरुको छाता संगठन नेपाल दन्त चिकित्सक संघ, मोरङ्गमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा डा. प्रेक्षा दलि विजयी हुनुभएको छ ।

संघको मोरङ्ग शाखाको निर्वाचनमा अध्यक्ष वाहेकको पदमा भने सर्वसम्मत चयन भएको थियो । अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचन डा. प्रेक्षा दलि र डा. नुतन नौलाखा लाई कुल खसेको ४८ मतमा बराबारी मत प्राप्त भएको थियो । दुबै लाई बराबर मत प्राप्त भएपछी गोला प्रथा बाट अन्तिम टुङ्गो लगाईएको थियो ।
संघको उपाध्यक्षमा डा. विवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सहसचिवमा डा. विशाल राज जोशि र सदस्यहरुमा डा. प्राची भगत, डा. निलेश देव, डा. अमित कुमार सिंह , डा. आदित्य शाह सर्वसम्मत चयन हुनु भएको प्रमुख निर्वाचन अधिकृत डा. धिरेन्द्र गिरि द्वारा जारी विज्ञप्तिमा जानकारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्