विराटनगर
आकृति रानी फुयल
मोरंग जिल्ला तेक्वान्दो संघको अध्यक्षमा विराटनगरका दिवस नेपाल निर्विरोध निर्वाचित भएका छन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्य विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको रहेको नेपालले जानकारी दिए।
आवर विराटनगर संग कुरा गर्दै नेपाल भन्छन् ,' तेक्वान्दो खेलमा अभ्यासस्थलको अभाव , पर्याप्त मात्रामा श्रोत साधनहरुको कमि लगायतका थुप्रै चुनौतिहरु रहेका छन् जसले गर्दा अभिभावकहरुले आफ्ना छोराछोरीलाई दैनिक अभ्यासमा पठाउने उपयुक्त स्थान छैन जसकारण ऐतिहासिक खेल अगाढी बढाउँन आफुहरुलाई अलि अफ्ठ्यारो भैरहेको छ ' ।
उनि भन्छन् यदि हामीलाई स्थानीय सरकार ,महानगरपालिका लगायतका सरकारी पक्षहरुले सहयोग गरेमा ,' आफ्नो यो चार वर्षे कार्य अवधिभर यी सबै चुनौतीहरुलाई पार गर्दै मोरंगमा अभ्यासस्थलहरुको निर्माण गरिने, तेक्वान्दो खेलसंग सम्बन्धित आवश्यक श्रोतसाधनहरु थप्न सहयोग गरेमा यसै कार्यकालमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता समेत मोरंगमा गराइने लक्ष्यका साथ कार्ययोजना बनाएर नव निर्वाचित मोरंग तेक्वान्दो समिति अघि बढेको छ ।
नवनिर्वाचित अध्यक्ष नेपालका अनुसार तेक्वान्दो खेलले आफैँमा एउटा छुट्टै इतिहास बोकेको छ। त्यसमा पनि यसपाली भने मोरंग जिल्लाको प्रतिनिधित्व गर्दै टोकियोमा जारि ओलम्पिक २०२१ अन्तर्गतको ' पारा तेक्वान्दो ' (शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले खेल्ने तेक्वान्दो ) मा भाग लिन अस्ति शुक्रबार मात्र एक महिला खेलाडी 'पलिसा गोबर्धन' लाई नेपालको प्रतिनिधित्व गराउँदै त्यसतर्फ पठाएका छौं र हामीलाई विश्वास छ उहाँले मेडल अवस्य हासिल गर्नुहुनेछ र देशको नाम मात्र नभएर सारा नेपाललाई तेक्वान्दो मार्फत विश्वमा चिनाउन सफल हुनुहुनेछ भन्दै सफलताको शुभकामना समेत दिएका छन् ।
लामो समयदेखि खेल क्षेत्रमा योगदान पुर्याउंदै आएका नेपालले मोरंगमा हुने बिराट गोल्डकप , हकी , ब्याडमिन्टन लगायतको खेलहरुमा आफ्नो सहभागिता जनाउदै आएका छन्। गत शुक्रबार बिराटनगरस्थित कर्मचारी मिलन केन्द्रमा भएको मोरंग जिल्ला तेक्वान्दो संघको चुनावमा नेपालको नेतृत्वमा चार आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ।