गाइजात्राको अवसर पारेर विराटनगरमा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायद्धारा ¥याली प्रदर्शन

<span class='c1'>गाइजात्राको अवसर पारेर विराटनगरमा यौनिक तथा</span> <span class='c2'>लैगिक अल्पसंख्यक समुदायद्धारा ¥याली प्रदर्शन</span>

विराटनगर । सामाजिक उपेक्षा सहनगर्दै आएका यौनिक तथा लैगिक अल्पसंख्यक समूदायले कानून बनेपनि अझैसम्म पनि कार्यान्वन हुन नसकेको भन्दै पुर्ण अधिकार सुनिश्चितताकोे मागगर्दै विराटनगरमा ¥याली निकालेका छन् ।

एक वर्ष यता विभिन्न कारणले ज्यान गुमाएका साथीहरुको सम्झनामा सोमबार गाईजात्राको अवसर पारेर उनीहरुले विराटनगरमा ¥याली निकालेका हुन् । विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिबाट निल हिरा समाजको कार्यालयबाट निस्किएको ¥याली बसपार्क, महेन्द्र चौक र ट्राफिक चौक हुँदै सन्सारी माईस्थानपुगेर गएर समापन गरेका थिए ।
¥यालीका क्रममाउनीहरुले वैवाहिक समानतालाई कानुनीमान्यता देउ, मलाई समलिङ्गी हुनुमा गर्व छ, लिङ्ग, जात, धर्र्म र वर्णको आधारमा भेदभावनगरौं, मेरो शरीर मेरो अधिकार, शिक्षा, स्वास्थ्य र रोजगार समावेशीहोस तथा हाम्रो संस्कृति हाम्रो पहिचान लगायतका नारा अंिकत प्ले कार्ड बोकेर यालीमा सहभागी भएका थिए ।


यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको सवालमा संविधानले सुनिश्चत गरेका प्रत्येक हक र अधिकार कार्यान्वयन हुनुपर्ने तथा राज्य स्तरबाटै भईरहेको भेदभावको समेत अन्त्यहुनुपर्ने उनीहरुले कडा रुपमा माग राखेका थिए । ¥यालीलाई सम्बोधनगर्नुहुँदै ब्लु डायमन्ड सोसाईटीविराटनगरकी अध्यक्ष मुस्कानश्रेष्ठले समाजका कारण वर्षभरि आफ्नो पहिचानलुकाउँदै समलिंगीहरुले यस दिनलाई आफ्नो पहिचानखुलाउने दिनका रुपमा समेत लिने गरेको जानकारी दिनुभयो ।

ब्लु डायमण्ड सोसाईटी र आरएज आर एन नामक संस्थाद्धारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रमलाई अमेरिकीदुतावासले समेत सहयोग गरेको । मोरङमा करिब १५ हजार र यता विराटनगरमा ५ हजारको संख्यामा यौनिक तथा लैगिक अल्पसंख्यकको संख्या रहेको ब्लु डायमण्ड सोसाईटीको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्