राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को दोस्रो अधिवेशन हुदै, लिम्बु र डाँगीको उम्मेदवारी

<span class='c1'>राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को</span> <span class='c2'>दोस्रो अधिवेशन हुदै, लिम्बु र डाँगीको उम्मेदवारी</span>

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को नयाँ नेतृत्व चयनको लागी भोली  बुधबार दोस्रो अधिवेशन हुने भएको छ ।
कोभिड १९ को कारण भर्चुयल माध्यमबाट हुन लागेको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हो । चार सय भन्दा बढी ब्यूटिसियन आवद्ध भएको उक्त यूनियनको सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न लागि परेका छन् ।
यूनियनको अध्यक्षमा बर्तमान अध्यक्ष रहेकी आशा कुमारी लिम्बु  पुनः दोह्याउने भएकी छिन् । यस्तै सौन्दर्यकर्मी यूनियन प्रदेशको सचिबमा कला डाँगीले उम्मेदवारी घोषणा गरेकी छिन् ।

[caption id="attachment_149593" align="alignnone" width="600"] आशाकुमारी लिम्बु[/caption]

लामो समयदेखि सौन्दर्यकर्मीमा आवद्ध भएर ब्यूटिसियनहरूको हकहितमा काम गरेको कारणले डाँगी सर्वसम्मत रूपमा सचिबमा चयन हुने सम्भावना बढी रहेको स्रोतले जानकारी दिएको छ । यसअघि सौन्र्दयकर्मी युनियको सदस्य भइसकेकी डाँगी २०७२ सालदेखि ब्युटिसियन क्षेत्रमा रहेर सौन्र्दयकर्मीहरूको हकहितमा लागि परेको कारणले नेतृत्वमा ल्याउनुपर्ने यहाँका ब्युटिसियनहरूले बताउने गरेका छन् । यसअघि मोरङको सौन्दयकर्मी युनियन मोरङको सचिब रहदा पनि डाँगीले ब्युटिसियनहरूलाई आत्मनिर्भर बनाउन विभिन्न खाले कार्यक्रम र क्षमता अभिवृद्धि गर्ने तालिमहरू ल्याउने गरेकी थिइन् । त्यही भएर पनि उनी सौन्दर्यकर्मीहरू बिच लोकप्रिय भएकोले सबैको साथ सहयोगको कारणले प्रदेशको सचिबमा उम्मेदवारी घोषणा गरेको डागीले बताइन् ।

[caption id="attachment_149594" align="alignnone" width="503"] कला डागी[/caption]

‘यसअघि पनि विभिन्न पदमा बसेर काम गरेको अनुभव रहेको छ,’ सचिबमा उम्मेदवारी घोषणा गरेकी डाँगीले भनिन्, ‘नेतृत्वमा पुगेपछि आफु सधैभरी ब्यूटिसियनहरूको हकहितमा क्रियाशिल भएर लागि पर्नेछु । त्यसको साथै सौन्दर्यकर्मीहरूको क्षमता अभिवृद्धी गर्नुको साथै आत्मनिर्भर बनाउन पनि आफु सधैभरी लागि पर्नेछु ।’ युवा संघ नेपालको केन्द्रीय सदस्य समेत रहेकी डाँगी २०६० सादेखि राजनितीमा आवद्ध छिन् । उनले विद्यार्थीबाट राजनैतिक सुरू गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्