दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप बितरण

<span class='c1'>दृष्टिविहीन विद्यार्थीलाई</span> <span class='c2'>ल्यापटप बितरण</span>

विराटनगर /मोरङको केराबारी गाउँपालिकाले एक जना दृष्टिवीहिन विद्यार्थीलाई पठनपाठनमा सहज पु¥याउने उद्देश्यले ल्यापटप बितरण गरेको छ । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले केराबारी ५ याङसिलाका सोयल राईलाई एक थान ल्यापटप बितरण गरेको हो ।

कक्षा दशमा अध्ययरत राई दृष्टिविहीन हुन् । बिपन्न परिवारका राई धरानस्थित श्री पूर्वाञ्चल ज्ञान चतछु विद्यालयको कक्षा दशमा अध्ययरत छन् । ब्रेनलिपीको साहयतादेखि अध्ययन गर्दै आएका उनलाई कम्प्युटर आवश्यक परेपछि उनलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले एक थान ल्यापटप वितरण गरेको अध्यक्ष कार्कीले बताए । गाउँपालिको जेहन्दरा र विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रवृतिको साथै विभिन्न खाले सहयोग पनि गर्दै आएको छ । ल्यापटप आएपछि पठनपाठनमा थप सहज पुग्ने दृष्टिविहीन विद्यार्थी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्