सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

<span class='c1'>सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा</span> <span class='c2'>३० जना घाइते</span>

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल र १५ जनालाई खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचारका लागि पठाइएको छ । जिल्लाको लिङ्खु पाखरबाट काठमाडौँतर्फ गइरहेको बा३ख ८०३० नं को यात्रुवाहक बस घुम्तीबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्