विराटनगरका ठूला अस्पताल अगाडी विचौलियाको काम गर्ने १० जना पक्राउ

विराटनगरका ठूला अस्पताल अगाडी विचौलियाको काम गर्ने १० जना पक्राउ

विराटनगर । विराटनगरका दुई ठूला अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो ।

नोबेल अगाडीदेखि ७ र कोशी अस्पताल अगाडीदेखि ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । नोबेल अगाडीदेखि पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, यूनि कियर फार्मेसीका रोशन गुप्ता, दाजु भाइ फार्मेशीका अमित यादव, क्याटलाइसेस फार्मेशीका मोहमद सिराद, एपी फर्मेशीका फिरोज रोय र अलि फार्मेशीको विश्वास मण्डल रहेका छन् । नोबेल अगाडीदेखि पक्राउ परेका फार्मेशीकामा काम गर्ने हुन् । यस्तै कोशी अस्पताल अगाडीदेखि श्रीराम चौधरी, सुर्यनारयण यादव र मो. जली रहेको प्रहरीले जनाएको छ । उनीहरू कुन फार्मेशीको रहेको खुलेको छैन ।

ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाउने लोभमा पक्राउ परेकाले क्लनिक र अस्पतालमा लैजाने गरेको एसपी जिसीले बताए । ‘पक्राउ परेकाहरूले अस्पताल अगाडी बसेर विभिन्न बहाना बनाउने आफु अनुकुलको अस्पतला पु¥याउने र औषधी किन्न पनि फार्मेशी लैजाने गरेको देखिएको छ,’ एसपी जिसीले भने ।

प्रहरीले यसअघि पनि अस्पताल अगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाइ पक्राउ गरेको थियो । पक्राउ परेका राय र साह विराटनगरस्थित न्यूरो हस्पिटल अगाडीको ज्ञानु फार्मेशीमा काम गर्ने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्