विराटनगर
लायन्स क्लब अफ बिराटनगर ग्रिनसिटी द्वारा जिल्ला प्रहरी कार्यलय मोरङमा कार्यरत २ सय २० जानालाई मास्क,सेनिटाइजर र चस्मा हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रमले अग्रपंतिमा खट्ने प्रहरिहरु लाई थप हौसला प्रदान गरेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख जनार्दन जिसिले जानकारी गराउनुभयो ।
कार्यक्रममा लायन्स क्लब ग्रिनसिटीका वर्तमान अध्यक्ष बिश्वकान्त दाहाल, लायन्स जिल्ला ३२५ ए १ का गभर्नर रेवत बाहादुर कार्की , जि.प्र.का मोरङका प्रमुख जनार्दन जिसि, चिफ कन्स्टिच्युसन बाइ ल तुलसी पोख्रेल, लायन्स क्लब अफ ग्रिनसिटीका सस्थापक अध्यक्ष देवकिसन मुन्दडा कार्यक्रम समयोजक भवेश पौडेल र सामाजिक अभियान्ता पेरिस सुवेदी लगायत अन्य लायन्स पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।