विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्य भएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले आजै सपथ ग्रहण गराएका हुन् ।
विराटनगरको होटल एसियाटिकमा बिहीबार विहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई मुख्यमन्त्रीको सपथ गराइएको छ ।
संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ ।
प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएलगत्तै आचार्यले सपथ ग्रहण गरेका हुन् ।