विराटनगर । आजै प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा नियुत्त भएका एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा आज बिहान मृत फेला परेका छन्।
सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । सुनसरी प्रहरीका अनुसार कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव रहेको थियो।
मृतक आचार्यलाई मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ । बिहान १०ः३० बजेतिर प्रहरीले घटना थाहा पाएको हो। घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ।
मुख्यमन्त्री शेरधान राईले पदबाट राजीनामा दिएपछि आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले आजै मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गराएका थिए । विराटनगरको होटल एसियाटिकमा बिहीबार विहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई प्रदेशसभा भवनमा मुख्यमन्त्रीको सपथ गराइएको थियो ।