कोभिड सङ्क्रमणका कारण मालपोतको सेवा बन्द

कोभिड सङ्क्रमणका कारण  मालपोतको सेवा बन्द

वालिङ्ग

मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९को सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ ।कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताउनुभयो ।

कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएपछि स्थानीय गह«ौं प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्