कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आज शुक्रबारबाट दोस्रो मात्राको खोप लगाउन लागिएको छ । विराटनगरसहित मोरगं जिल्लाका सबै पालिकाहरुमा भाद्र ११ देखि १३ गतेसम्म सरकारले दोस्रो मात्राको खोप लगाउने भएको हो ।
कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन लागेको हो । खोप लगाउन आउँदा पहिलो मात्रा लगाएको खोप कार्ड र vacine.mohp.gov.np मा विवरण दर्ता गरि विद्युतिय दर्ता नम्बर अनिवार्य लिएर आउन विराटनगर महानगरपालिकाले अनुरोध गरेको छ । मोरंग जिल्लाका सबै पालिकाहरुको वडा, स्वास्थ्य चौकि वा विद्यालयहरुमा तोकिएको खोप केन्द्रबाट दोस्रो मात्राको खोप लगाउन सकिन्छ ।
साथै भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई भदौ १६, १७ र १८ गते दोस्रो मात्राको खोप लगाईने प्रदेश एक सरकारले सुचना प्रकाशित गरेको छ ।