मालबाहक ट्रक खोलामा खस्दा मोरङका एक जनाको मृत्यु

<span class='c1'>मालबाहक ट्रक खोलामा खस्दा</span> <span class='c2'>मोरङका एक जनाको मृत्यु</span>

मकवानपुर

मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाँदै गरेको प्रदेश १–०२–००१ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले बताउनुभयो । दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएकाले उनीहरुको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्