अविरल वर्षाले बेगनासको सिँचाइ नहरमा क्षति

<span class='c1'>अविरल वर्षाले बेगनासको </span> <span class='c2'>सिँचाइ नहरमा क्षति</span>

गण्डकी

अविरल वर्षाका कारण बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ । अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा यहाँको करिब एक हजार ५०० हेक्टरमा लगाइएको धानखेत प्रत्यक्ष प्रभावित बनेको छ ।

सोमबार साँझदेखिको वर्षाले बेगनास सिँचाइ प्रणाली अन्तर्गतको बि–४ र र बि–३ नहर क्षेत्रको भुनभुनेमा करिब १५० मिटर नहर बाँध फुट्दा रु एक करोडभन्दा बढीको मर्मत खर्च लाग्ने देखिएको बि–४ शाखाका अध्यक्ष देवीलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नहरमा भएको क्षतिले यस क्षेत्रका ४५० भन्दा बढी कृषक उपभोक्ता मर्कामा परेका छन् ।

करिब पन्ध्र सय हेक्टरमा लगाइएको धानबाली सुक्खा हुने भएकाले शाखा–४ र शाखा–३ सिँचाइअन्तर्गतको नहरको बाँधले उच्च बहाव थेग्न नसकी फुटेर खुदीखोलामा मिसिन गएका कारण यहाँका मालमूल, सातमुहाने, झौरी, ४०० फाँट, खोलाको छेउ, खुदीखोला र राजाको चौतारा लगायतका फाँटमा लगाइएको धानखेत सुक्ने अवस्थामा पुगेको स्थानीयवासीले बताएएका छन् ।

अस्थायीरूपमा नै भए पनि नहर तत्कालै बनाउन र खेतमा पानी पुर्याउन आवश्यक रहेकाले सिँचाइ कार्यालयबाट अस्थायी नहर बनाएर सिँचाइ गर्न आवश्यक रहेको शाखाका सदस्य बुद्धिसागर खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्