आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ

<span class='c1'>आफ्नै दाजुको हत्या गर्ने</span> <span class='c2'>दुई जना पक्राउ</span>

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् ।

गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परेका थिए । त्यस पश्चात प्रहरीले खबर पाएको थियो ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई घटनाको प्रकृती हेर्दा हत्या गरेको हुन सक्ने आशंकमा प्रहरीले गहन रुपमा अनुसन्धान थालेको थियो । घटनाको प्रकृती, स्थानियबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसी हत्या गरेको भनि प्रारम्भिक अनुसन्धानमा खुलाई दिए पश्चात कर्तब्य ज्यान मुद्धामा कानुनि कारबाही अगाडी बढाई घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्