विराटनगरमा कोभिशिल्ड खोपको दोश्रो डोज ‘एस्ट्रजेनीका’ आजबाट लगाइदै

विराटनगरमा कोभिशिल्ड खोपको दोश्रो डोज ‘एस्ट्रजेनीका’ आजबाट लगाइदै

विराटनगर

विराटनगर महानगरपालिकाले कोरोना बिरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लाएका व्यक्तिहरुको लागि आजबाट दोश्रो डोज लगाउन सुरु गरेको महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।

विराटनगर महानगरका १९ वटै वडासंग समन्वय गरि आज ,भोलि र पर्सि कोभिशिल्डको दोश्रो डोज ' एस्ट्रजेनीका ' नामको खोप लगाइने प्रमुख कार्कीले बताए।

पहिलो डोज कोभिशिल्ड लगाएका १२ हजार ४० जना दोश्रो डोज लगाउन बाकि रहेकाले सोहि व्यक्तिहरुका लागि यो खोप ल्याइएको हो। उनले भने,' बिस्तारै प्रदेश कार्यालयमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुका लागि पनि हामि खोपको व्यवस्था गर्नेछौं'।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्