चार केजी गाँजासहित ६१ वर्षीय बृद्ध पक्राउ

<span class='c1'>चार केजी गाँजासहित ६१</span> <span class='c2'>वर्षीय बृद्ध पक्राउ</span>

विराटनगर । मोरङको बेलबारी–५ का ६१ वर्षीय राज नारायण भन्ने लव नारायण माझीलाई प्रहरीले ४ केजी ३०० ग्राम गाँजासहित घरबाट नियन्त्रणमा लिइएको छ । लागु औषध मुद्दाका फरार प्रतिवादी रहेका माझीलाई पुनः गाँजासहित पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई हिजो घरबाटै पक्राउ गरेको थियो । त्यस क्रममा उनको साथबाट ५० हजार नगद र एकथान मोवायल समेत बरामद गरेको छ । माझी विरुद्ध २०७५ पुस ५ गते जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामै ६ महिना ५ दिन कैद र तीन हजार जरिवाना ठहर गरेको थियो ।

लागुऔषध मुद्दामा दोषी ठहर भएपछि फरार उनी पुनः लागुऔषधसहित पक्राउ परेपछि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्