एमाले पार्टी विभाजन रोक्न मुख्यमन्त्री पद त्यागें

एमाले पार्टी विभाजन रोक्न मुख्यमन्त्री पद त्यागें

विराटनगर। पूर्वमुख्यमन्त्री शेरधन राईले नेकपा एमालको पार्टी विभाजन रोक्न प्रदेश १ को मुख्यमन्त्री पद त्याग गरेको बताउनु भएको छ । तीनवर्ष ६ महिना ७ दिनको आफ्नो कार्यकालमा भए÷गरिएका कामको समिक्षा सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता राईले टुटफुटबाट पार्टी जोगाउन मुख्यमन्त्रीको पद त्याग गर्नु परेको बताउनु भएको हो ।

संघीयतालाई सवल बनाउन कुनैपनि दल विभाजन हुनु राम्रो हैन, पूर्वमुख्यमन्त्री राईले भन्नुभयो–एकतावद्ध एमालेलाई कायम राख्नका लागि योगदान गरिएको छ । पत्रकार सम्मेलनमा राईले प्रदेशको नामाकरण मुख्यमन्त्रीको मात्रै क्षेत्राधिकार भित्र नरहेको बताउँदै त्यसका लागि आगामी दिन सर्वसम्मत ढंगबाट अगाडी बढिने दावी गर्नुभयो । अन्य दलको व्यवधानका कारण प्रदेशको नाम टुङ्गो लगाउन नसकिएको बताउँदै राईले आफ्नो कार्यकालमा धेरै राम्रा कामहरू गरेको दावी गर्नुभयो ।

आफू पदमा रहँदा धेरै काम गर्न नसकेपनि राम्रा कामहरु गरेको दावी नेता राईको थियो । गलत नगरेका कारण शिर निहु¥याएर हिड्नुपर्ने अवस्था नरहेको उहाँको भनाई थियो । पहिलो वर्ष बस्ने ठाउको खोजी, दोस्रो वर्ष केही कानून र संरचनागत प्रगति, प्रादेशिक आकांक्षा राखिएको भन्दै अन्तिम वर्षमा तीव्र गतिमा गर्नुपर्ने काम पनि कोभिड संक्रमणले गर्दा गर्न नसकिएको दावी थियो ।
यस्तै राईले सन्तुलित विकासको अवधारणा अगाडि सारिएको र ६२ वटा बहुवर्षीय आयोजनासमेत सम्पन्न भएको दाबी गर्नु भएको थियो । होचो केचना र अग्लो सगरमाथा जोड्ने सडकको खाका आफ्नै सरकारको पालामा तयार भएको भन्दै जतिसुकै बेला शिर ठाडो पारेर बोल्न‚ हिँड्न सक्ने दावी गरिएको छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा बिहीबार मात्रै एमालेका नेता भीम आचार्य नियुक्त हुनु भएको थियो । त्यस अगाडी मुख्यमन्त्री रहेका राईले राजीनामा दिएर आचार्यलाई संसदीय दलको नेता चयन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्