विराटनगर । मोरङको बेलबारी–३ बाट ३८.५ क्यू.फिट सखुवाको काठसहित दुईजना व्यक्ति र एउटा बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अवैध रुपमा बा.२१ च.१८२९ नम्बको सेतो बोलेरो पिकमा काठ लोड गरेर ल्याउँदै गरेको सूचना आधारमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलिले गाडीसहित चालक र अर्का एकजनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले बेलबारी–३ का दलबहादुर तामाङ र केराबारी गाउँपालिका–८ का जितबहादुर तामाङलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरु विरुद्ध कारवाही गर्न सव–डिभिजन वन कार्यालय सकलपुरमा बुझाइएको छ ।