एमाले विभाजनको असर मोरङमा, नेकपा (एकीकृत समाजवादी) को ३२५ सदस्यीय जिल्ला कमिटि गठन

<span class='c1'>एमाले विभाजनको असर मोरङमा, नेकपा (एकीकृत समाजवादी)</span> <span class='c2'>को ३२५ सदस्यीय जिल्ला कमिटि गठन</span>

विराटनगर । नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो ।

नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो । अहिले एकीकृत समाजवादीले वडातहसम्म गठन भएका समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्दै सांगठनिक गतिविधि तिब्र बनाएको छ ।
शनिबार सुन्दरहरैंचामा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफाँड गरेको छ । कमिटीका अधिकांश सदस्य उपस्थित भएको पूर्ण बैठकले दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभागका प्रमुखसमेतको जिम्मेवारी टुंगो गरेको हो ।

एकीकृत समाजवादी मोरङले डा.उद्धव पोखरेललाई मोर्चा विभाग प्रमुख, राजन केसीलाई संगठन विभाग प्रमुख, चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुंगेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रचार प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
पार्टीको बैठकमा आफू निकट रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडासदस्यरही जिल्ला कमिटीको जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

बैठकले १७ वटै स्थानीय तह र सबै वडाहरुमा पार्टीको भेला आयोजना गरी कमिटीहरुलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको बताइएको छ । शुक्रबार मात्र नेकपा एकीकृत समाजवादीले विराटनगर महानगर कमिटीको भेला आयोजना गरेर समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो । साथै महानगर कमिटीका पदाधिकारीहरुलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । महानगर कमिटीले सबै वडाहरुमा भेला आयोजना गरी कमिटी निर्माणको कामलाई तीब्रता दिने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्