देवी पुजा प्रतिष्ठान टंकिसिनवारीको अध्यक्षमा न्यौपाने पुन: निर्वाचित

देवी पुजा प्रतिष्ठान टंकिसिनवारीको अध्यक्षमा न्यौपाने पुन: निर्वाचित

देवी पुजा प्रतिष्ठान टंकिसिनवारीको अध्यक्षमा उमानाथ न्यौपाने पुन: निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न प्रतिष्ठानको १८ औं साधारण सभाबाट न्यौपाने पुननिर्वाचित हुनु भएको हो ।

त्यसैगरि साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा नारायण प्रसाद न्यौपाने (विरौटा), सचिवमा नारायण प्रसाद उपाध्याय, सहसचिवमा मेख बहादुर तिमल्सेना तथा कोषाधक्ष्यमा रोशनराज न्यौपाने निर्वाचित हुनु भएको छ । साधारण सभाले संस्थाको आ.व. २०७७/०७८ को लेखापरिक्षण प्रतिवेदन तथा आगामी कार्ययोजना पारित गरेको छ । प्रतिष्ठानका अध्यक्ष उमानाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभामा कविराज न्यौपाने, पुरूषोत्तम न्यौपाने, रामप्रसाद तिमल्सेना लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्