भाद्र १३‚ बिराटनगर
बिराटनगरमा रहेको निलेशमणी राजभण्डारी फाउण्डेशनले लागु औषत तथा दुर्व्यसनमा फसेर पूनर्जिवनका निम्ति पुनर्स्थापना केन्द्रमा बसेका करिब ३० जना बिभिन्न उमेर समूहका ब्यक्तिहरुलाई ग्रुप थेरापी सेवा शुरु गरेको छ ।
यस कार्यका लागि बिराटनगर स्थित लिवर्टि नेपाल पुनर्स्थापना केन्द्रमा बिराटनगर महानगरपालिकाको सहयोगमा निलेशमणी राजभण्डारी फाउण्डेशनले उक्त कार्य शुरु गरेको छ । यस कार्यको सहजिकरणका लागि बिराटनगरका मानसिक रोग बिशेषज्ञ डा. निकेश राजभण्डारीले सहजिकरण गरेका छन् । उक्त फाउण्डेशनले आगामी दिनमा थप सेवा तथा कार्यहरु बिस्तार गर्ने योजना रहेको फाउण्डेशनका सल्लाहकार बिनयबिष्णु केसीले बताउनुभयो ।