माओवादी केन्द्रको वडा कमिटि गठन

<span class='c1'>माओवादी केन्द्रको वडा</span> <span class='c2'>कमिटि गठन</span>

कानेपोखरी । नेकपा (माओवादी केन्द्र) कानेपोखरी गाउँपालिका अन्तर्गतको संगठन पुनर्गठन तथा वडा भेलाहरु तिव्र रूपमा सञ्चालन भइरहेको छ । नेकपा औपचारिक रूपमा विभाजन भएसँगै दुवै पार्टी माओवादी केन्द्र र एमालेले आ(आफ्नो संगठनलाई बलियो बनाउँन थालेको हो ।

त्यसै अन्तर्गतको नेकपा माओवादी केन्द्र कानेपोखरीले पनि केन्द्रको निर्णय अनुसार वडा भेला र पुनर्गठन गर्ने कार्य तिव्र गतिमा अघि बढाइरहेको छ। हालसम्म ३ वटा वडाहरू ४,५, र ६ को कमिटी भेला र गठन सम्पन्न भइसकेका छ्न ।
वडा नं. ४ मा अध्यक्ष भगतराम धिमाल सचीव भुपेन्द्र सुब्बाकोको नेतृत्वमा २९ सदस्यीय कमिटी बनेको छ । वडा नं. ५ मा अध्यक्ष भक्तबहादुर गुरुङ (कुमार) सचीव बालकृष्ण संग्रौलाको नेतृत्वमा २९ सदस्यीय गठन भएको छ र वडा नं. ६ मा अध्यक्ष गुणराज फुयल, सचीव रोशन थुलुङ राईको नेतृत्वमा ४१ सदस्यीय वडा कमिटी पुनर्गठन भएको छ ।

भेला तथा पुनर्गठनमा पार्टीका प्रदेश कमिटी सदस्य संविधान सभा सदस्य लाल बहादुर सुस्लिङ मगर९सबिन०, प्रदेश सदस्य गिता तिम्सिना, पार्टी जिल्ला सचिवालय सदस्य कानेपोखरी इन्चार्ज राजेन्द्र कुमार मण्डल (अभिनास), अनेम संघ क्रान्तिकारी मोरङ अध्यक्ष लता न्यौपाने, जिल्ला सदस्य एवम् कानेपोखरी पार्टी संयोजक मनोज कुमार राजवंशी लगायत उपस्थिति रहेकोे थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्