क्लासिक टेकलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रको दूर सञ्चार प्राधिकरणसँग आग्रह

क्लासिक टेकलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रको दूर सञ्चार प्राधिकरणसँग आग्रह

विराटनगर । नेपाल पत्रकार महासंघ केन्द्रले इन्टरनेट प्रदायक कम्पनि क्लासिक टेकलाई कारवाही गर्न नेपाल दूर सञ्चार प्राधिकरणसँग आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरको पोर्टललाई ‘ब्लक’ गरेको विषयमा महासंघ केन्द्रको ध्यानाकर्षण भएको ठहर गर्दै क्लासिक टेक विरुद्ध तत्काल कारवाही अगाडी बढाउन प्राधिकरणसँग आग्रह गरेको हो ।

महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तीमा आफ्ना विरुद्ध समाचार प्रकाशन गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्देज लगाउनु कानुन विपरित रहेको भन्दै गम्भीर ध्यनाकर्षण भएको उल्लेख गरिएको छ ।

क्लासिक टेकको कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै महासंघले यस्तो कार्य नदोहो¥याउन चेतावनी दिदैं तत्काल बन्देज हटाउन आग्रह गरिएको छ । संविधान र कानुन विपरित गरिएको कार्य सच्याउँन भनि महासंघ केन्द्रले क्लासिक टेकलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्