सन्थाल बस्तिमा राहत प्रदान

सन्थाल बस्तिमा राहत प्रदान

कानेपोखरी । मोरङ कानेपोखरी नेकपा माओवादी केन्द्र र वाइसीएल नेपाल कानेपोखरीले संयुक्त रूपमा राहत प्रदान गरेको छ ।
सुनवर्शी नगरपालिका वडा नं। २ र ३ सिमानामा पर्ने बाभन डोप सन्थाल बस्तिका ५ घरपरिवारलाई प्रती परिवार २५ केजि चामल, दाल, तेल, स्याविन, साबुन प्रदान गरिएको हो ।

सो क्षेत्रको सरकारी ऐलानी जग्गामा शरण लिएर बसेका ३० सुकुम्बासी घरपरिवारको अवस्था निकै नाजुक र विपन्न रहेको छ । माटो र बाँसले बनेको घरहरूको बिचबाट मरैया खोलाको पानी बग्छ । त्यस्तो अवस्थामा बसेका सुकुम्बासी बस्तीका ५ घरहरू भू–माफियाको समुहले भत्काइदिएको र हातपात गरेको पनि पिडितहरूले जानकारी दिए । हातपात गर्दा पिडितलाई चोटपटक लागेको छ । साथै उनिहरूको केही नगद र जिन्सी सामान पनि हराएको बताए ।

ती ५ परिवारहरूलाई राहत प्रदान गर्दै जिल्ला सदस्य एवम् कानेपोखरी पार्टी संयोजक मनोज कुमार राजवंशीले अतिक्रमणकारीहरूसँग नडराइ डटेर लड्न सुझाव दिए । उनले भने ुहिजो पनि हामी तपाईंहरूको साथमा थियौं र आजपनी सहयोग आवश्यक परे हामी डटेर साथ दिनेछौुं ।

राहत कार्यक्रममा नेकपा माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष मनोज कुमार राजवंशी, सुनवर्शी नगर पार्टी अध्यक्ष जयन्तकुमार दास, सुकुम्बासी नेता श्रवन ऋषिदेव, सुनवर्शी ४ का अध्यक्ष श्रवन राजवंशी, एकीकृत शिक्षक संगठन मोरङका सचिव शम्भु राजवंशी, वाइसीएल नेपाल मोरङका जिल्ला सदस्य दोय रोशन राई,भुपेन्द्र कुमार सुब्बा, अनिल धिमाल, प्रदिप मुर्मु, राज मुर्मु लगायतको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्