प्रेम देवान÷रिन्छेन तामाङ आवर विराटनगर
विराटनगर । विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यो वर्ष भने खटयात्राको रुपमा मात्रै सिमित रह्यो ।
विराटनगरमा युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको ठाउँमा यसपटक भने गाडीमा राखेर खटयात्रालाई बजार परिक्रमा गरियो ।
श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी खटयात्रालाई गाडीमा राखेर नगर परिक्रमा गरिएको बताउनुभयो । राधाकृष्ण रथयात्रा विराटनगरमा मंगलबार खटयात्राको रुपमा गाडीमा निकालिएको हो ।
यस वर्षको खटयात्रा राधाकृष्ण मन्दिर पानीट्याङ्कीबाट सुरु भई गोल्छा, जलजला, ट्राफिक चौक , रोडशेष, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी, कञ्चनबारी, राजवंशी र पुष्पलाल चोकको परिक्रमापछि पुनः मन्दिरमा ल्याएर विसर्जन गरिएको थियो । यसपटकको खटयात्रा नगर क्षेत्रका कुनैपनि स्थानमा नरोकी गाडीमा १०–१५ को स्पिडमा खटलाई नगर परिक्रमा गरिएको थियो ।
रथयात्राको सांकेतिक महत्व झल्काउन नगर क्षेत्रमा एक हजार भन्दा बढी झण्डा भने राखिएको छ । राधाकृष्णको फोटो अंतिक झण्डाले पुरानो परम्परा झल्काएको दर्शाएको छ । विराटनगर महानगरपालिका–१ स्थित पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट निकालिएको खटयात्रा बीचमा कतै नरोकिएकले भक्तजनले आ– आफ्नो घर अगाडीबाट नै खटयात्राको दर्शन गरेको थिए ।
वि. सं. १९८८ बाट खट ९युगल मूर्तिलाई खाटमा राखेर०को रुपमा शुरु भएको यात्रा २०२५ देखि रथयात्राको रुपमा परिणत भएको हो । प्रदेश सरकारले मंगलबार मोरङ, सुनसरी र झापा जिल्लामा सार्वजनिक बिदा दिएको छ । उता अन्य बर्षमा भने रथयात्राको दर्शन गर्न भारतको जोगवनी , फारविजगन्जदेखी श्रदालु भत्तलजनहरु आउने गर्दथे । नेपाल र भारतका गरी ५ लाख भन्दा बढी श्रद्धालुभक्तजनहरु रथयात्राको दर्शन गर्न आउने गरेको तथ्यांक छ । यद्यपी मंगलबार लिकालिएको खटयात्राको दर्शन गर्न विराटनगरवासी राधाकृष्ष्ण मन्दिरमा बाक्लो मात्रा श्रदालु भक्तजनहरुको सहभातिा रहेको थियो ।