विराटनगरमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाईदै

विराटनगरमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाईदै

आजदेखि विराटनगर महानगरपालिका भित्र कोभिड १९ विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो मात्राको खोप कार्यक्रम संचालन हुदैछ ।
आज भाद्र १६ गतेदेखि आगामी १८ गतेसम्म खोप लगाईने सहरी स्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीद्वारा हस्ताक्षर भई विराटनगर महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख भएको छ ।

गत श्रावण ११ गतेदेखि १४ गतेसम्म संचालित खोप कार्यक्रममा पहिलो मात्राको खोप लगाएकाहरुका लागि विराटनगरका सबै वडाका साथै आदर्श उच्च माध्यमिक विद्यालय र नेपाल परिवार नियोजन संघको कार्यालयमा खोप कार्यक्रम संचालन हुने भएको हो ।

यस अघि कोशी अस्पताल र विरेन्द्र सभागृहमा पहिलो मात्रा लगाएकाहरुलाई विराटनगर ७ स्थित आदर्श उच्च माध्यमिक विद्यालयमा , नेपाल परिवार नियोजन संघमा पहिलो मात्रा लगाउनेहरुका लागि सोहि स्थानमा र विराटनगरको कुनै पनि वडामा पहिलो मात्राको कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाएकाहरुका लागि सम्बन्धित वडाको खोप केन्द्रबाट नै खोप लगाईने सूचनामा उल्लेख छ ।

यद्यपी खोप लगाउन आउदा खोप कार्ड र vaccine.mohp.gov.np मा नाम दर्ता गरेर प्राप्त हुने विद्युतिय दर्ता नं अनिवार्य लिएर जानु पर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्