झापामा कांग्रेसको वडाधिवेशन एकदिन ढिलो हुने

<span class='c1'>झापामा कांग्रेसको वडाधिवेशन</span> <span class='c2'>एकदिन ढिलो हुने</span>

नेपाली कांग्रेस पार्टीको वडा अधिवेशन यही भदौं १८ गते देशव्यापी हुने भनिए पनि झापामा भदौं १९ गते मात्र प्रारम्भ हुने भएको छ ।

आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण भदौं १९ गते मात्र अधिवेशन प्रारम्भ हुने मंगलबार बसेको जिल्लाको विस्तारित बैठकले निर्णय गरेको जिल्ला सभापति उद्धव थापाले बताउनुभयो । अधिवेशनका लागि केन्द्रबाट निर्वाचन अधिकृतको रुपमा सुबोधबाबु चिलवाल आउनुभएको छ । बैठकमा जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ÷नगरका सभापतिहरुको सहभागितामा रहेको थियो ।

सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै झापाको निर्वाचन उदाहरणीय बनाउन आग्रह गर्नुभएका चिलवालले निर्वाचनका लागि भएको प्रतिस्पर्धालाई गुटगत राजनीतिमा परिणत नगरी सङ्गठन बलियो बनाउन बैठकमा आग्रह गर्नुभएको थियो । सभापति थापाले निर्वाचन आचारसंहिता, मतदान अधिकृतको काम कर्तव्य, जिम्मेवारीका विषयमा जानकारी दिनुभएको थियो । जिल्लाको विभिन्न तहको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएशन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक सङ्घ आबद्ध पदाधिकारी÷सदस्यलाई निर्वाचन÷मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशनअनुरुप खटाइने भएको छ ।

निर्वाचन समितिले १३१ वडाकै मतदान अधिकृतलाई भदौं १८ गते नै खटाउने, सम्बन्धित वडामा पठाउने र निर्वाचन प्रक्रियामा कोभिड–१९ लाई ध्यानमा राखेर सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्