‘युथ युनिटि अफ नेपाल’को नयाँ नेतृत्व चयन

‘युथ युनिटि अफ नेपाल’को नयाँ नेतृत्व चयन

विराटनगर

सामाजिक कार्यमा सक्रिय रहेको बिराटनगरको युथ युनिटि अफ नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । विराटनगर–१७ का यूवा समाजसेवी जफर एकबालको अध्यक्षतामा क्लबको नयाँ नेतृत्व चयन भएको हो ।

सोमबार रानिमा आयोजित एक कार्यक्रमका बिच क्लबको पदभार हस्तान्तरण भएको हो । यसअघिका अध्यक्ष जफर एकबालले आरिफ खानलाई वर्ष २०२१–२२ का लागि क्लबको पदभार हस्तान्तरण गरेको समितिका एडभाइजर मोजाइद इराकीले जानकारी दिए ।

नयाँ अध्यक्षको पदभार ग्रहण गरेका खानले संस्था मार्फत हुँदै आएका समाज सेवाका कार्यहरुलाई थप जिम्मेवारीपुर्वक निरन्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको इराकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्