जनस्वास्थकर्मी खाकी भए रिलायबल लाईफ इन्स्योरेन्सबाट एमडिआरटी

जनस्वास्थकर्मी खाकी भए रिलायबल लाईफ इन्स्योरेन्सबाट एमडिआरटी

जनस्वास्थ्य क्षेत्रका सक्रिय ब्यतित्व रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी को प्रदेश नम्बर एकको बिराटनगर शाखाको पहिलो एमडिआरटी बन्न सफल भएका छन। बिराटनगरका जन स्वास्थकर्मी कैलाश खाकी श्रेष्ठ । बिमा ब्यबसायमा लागेको छोटो अवधीमै उनले उक्त सफलता हात पारेका हुन ।
एमडिआरटी भनेको सन्सार भरी आर्थिक क्षेत्रमा काम गर्ने ब्यक्ती हरुको साझा संगठन हो । जसमा निश्चित मापदण्ड पूरा गरि सके पछि सदस्य बन्न पाइन्छ । सोही प्रावधान लाई पूरा गर्दै खाकी रिलायबल लाइफ इन्स्योरेन्सको एमडिआरटी बन्न सफल भएका हुन।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अधिकृत तथा बिराट्नगर शाखा प्रमुख अमित कुमार कर्ण अगुवाइमा बिराट्नगर शाखाबाट प्रथम एमडिआरटी हुन सफल श्री कैलाश खाकी श्रेष्ठ लगायत म्यानेजर हुन सफल ब्यक्तिलाई सम्मान गरिएको थियो ।
कर्णका अनुसार बिमा दुखको साथी र बचतको दृस्ठिकोणले सर्बोत्तम बचत रहेको हुनाले सबैले बिमा अनिवार्य रुपमा गर्दा आफ्नो तथा परिवारको सुरक्षा गर्न सकिन्छ ।

फेक्ट नेपाल , जसले आगोले पोलेका ओठ तालु फाटेका ब्यक्तीहरुका लागि निशुल्क रुपमा सेवा उपलब्ध गराउछ उक्त सस्थाका प्रदेश प्रमुखका रुपमा काम गरिरहेका खाकी लायन्स जेसिज जस्ता सस्थामा लामो समय समाज सेवा गरेर अघि बढी रहेका खाकीका लागि इन्स्योरेन्स को ब्यबसाय भने नया थियो। कोरोनाको माहमारीमा नजिकै का चिनेका ब्यक्तीहरुको मृत्यु भै रहेको र परिवारमा देखा परेको आर्थीक अभावका कारण समस्या मा परेको देखि सके पछि यो अभावलाई कम गर्न बिमाको माध्यमबाट सकिने परिवारको आर्थिक सुरक्षाका साथै क्षती कम गर्न सघाउ पुग्ने देखेर खाकी बिमा ब्यबसायमा होमिएका हुन ।

जनस्वास्थकर्मी भएका कारण मृत्यु लाई नजिक बाट देखेको र सबै नेपाली को बिमा भएको खण्डमा कसैले पनि परिवारको सदस्य गुमाए पछि आइ पर्ने आर्थिक कठिनाइ भोग्न नपर्ने हुनाले सबै नेपालीका लागि बिमा किन आवस्यक छ भन्ने कुरा लाई बुझाउन आफू आगामी दिनमा लाग्ने खाकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्