विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय म्यानेजमेन्ट क्याम्पस विराटनगर–१ को प्रशासनमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।
कोभिड–१९ को महामारी र उत्पन्न परिस्थितिमा समेत क्याम्पस प्रशासनले विद्यार्थीको सुझावका बारेमा ध्यान नदिएको भन्दै तालाबन्दी गरिएको हो ।
विद्यार्थीहरुले क्याम्पस प्रशासनले विद्यार्थीको माग सुनुवाई नगरेको आरोप लगाएका छन् ।
