राटनगर । उपचारका नाममा सहजीकरण गर्ने वहानामा सेवाग्राहीलाई ठगि गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरमा चिकित्सक, क्लिनिक तथा अस्पतालमा उपचारमा सहजीकरण गर्ने वहानामा सेवाग्राहीलाई ठग्नेलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी ूयहाँ डक्टर राम्रो छैन, यहाँका डक्टर अन्त अस्पतालमा सरूवा भई सकेका, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैनू भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिनेलाईै प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अन्य सेवाग्राहीलाई समेत यस्तो काममा कसैले प्रलोभन देखाएर झुक्याउँदै गरेको भए सम्पर्क गर्नका लागि सेवाग्रहीलाई अनुरोध समेत गरेको छ । पक्राउ पर्नेमा विराटनगर–८ का सुनिल राय, रोहित साह, विवेक साह, सुनसरी इनरुवा–१ का बिनोद मेहता र सप्तरी रराजविराजका सारन्स कुमार चौधरी रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले सेवाग्राहीबाट धेरै गुनासो आएकोले विशेष निगरानी गरेरै यस्ता स्वास्थ्य बिचौलिया पक्राउ गरिरहेको जानकारी दिनुभयो । उहाँले कसैलाई कुनै वहाना देखाएर ठगि गरेको भए तत्काल उजुरी गर्नका लागि आग्रह समेत गर्नु भएको छ ।