दाङमा सिस्‍ने खोलाले जिप बगाउँदा थप दुई जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

<span class='c1'>दाङमा सिस्‍ने खोलाले जिप बगाउँदा थप दुई</span> <span class='c2'>जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो</span>

दाङ

दाङमा बाढीले गाडी बगाउँदा वेपत्ता भएका थप दुई जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका-४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुगेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ ।

घटनामा परि घोराही १३ का ३२ बर्षिय सुशिला श्रेष्ठ, घोराही १४ का ३० बर्षिय राधा श्रेष्ठ कुवर, घोराही–१३ का ४० बर्षिय रितामाया पुन र घोराही–१४ का ४२ बर्षिय विमला केसीको मृत्यु भएको हो । सो घटनामा एकै घरमा दुई दिदिबहिनीको मृत्यु भएको छ ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँ किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो ।

मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुनुहुन्छ । चालक घोराही–१५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।
- नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्