मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

ओखलढुंगा । ओखलढुङगा मानेभन्याङ गाऊपालिका ५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् ।

हिजो बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो ।

मोटरसाईकल र चालक सोही स्थानका २१ बर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्