“५० स्टार्टअप–५० लगानीकर्ता” कार्यक्रमको आवेदन पुनः सुचारु

“५० स्टार्टअप–५० लगानीकर्ता” कार्यक्रमको आवेदन पुनः सुचारु

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरुसंग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरुका लागी लक्षित गरी ल्याएको “५० स्टार्टअप–५० लगानीकर्ता” कार्यक्रममा सहभागि हुनका लागि आवेदन दिने समय पुनः सुचारु गरिएको छ ।
कार्यक्रममा अनलाइन आवेदन गत बैशाख ४ गते देखि खुल्ला गरिएको थियो । “५० स्टार्टअप–५० लगानीकर्ता” कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो ।

कोभिड महामारीका कारण बढी भन्दा बढी स्टार्टअप उद्यमीहरुलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीहरुको सहभागिता हुन सकोस भनेर महासंघले आवेदन दिने समय पुनः सुचारु गरेको हो । यस अघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुपर्ने छैन भने आवेदक फर्म भरि सके पछि महासंघबाट इमेल मार्फत सम्पर्क गरिने छ ।
आवेदन सबै क्षेत्र (जस्तै कृषि उत्पादन मुलक, सुचना प्रविधि, सेवा)का लागि दिन सकिने छ । उक्त आवेदन प्रक्रियालाई पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट बढी भन्दा बढी स्टार्टअप उद्यमीहरुको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफ्ना सातैवटा प्रदेश च्याप्टरहरुलाई आग्रह समेत गरेको छ ।

लगानीकर्ताहरुको व्यवसायीक अभिरुचीसंग छनौट भएर आउने स्टार्टअपहरुलाई मिलान गराई फलदायीक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्नेछ ।
नवप्रवर्तनीय वस्तु, सेवा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायीक मोडेलको स्थापना÷स्तरोन्नती गर्ने प्रक्रियमा रहेका उद्यम वा व्यवसायहरुको लागि समेत यो आवेदन गरिएको हो । एक वर्षभन्दा बढी समय अघि देखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफनो व्यवसायमा सिप, ज्ञानको आधार र दह्रो प्रतिवद्धता प्रदर्शन गर्न सक्ने सशक्त समुहले यसमा आवेदन दिन सक्नेछन ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोसिएशन (एमओए), आर्टिकल अफ एशोसिएशन (एओए) र सम्बन्धित अन्य रजिष्ट्रेशनहरु, प्यान÷भ्याट दर्ता, कर चुक्त प्रमाण पत्रहरु, कम्पनीको सञ्चालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक÷संस्थापकहरुको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरु संलग्न हुनुपर्ने छ ।
अन्य थप जानकारीका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सचिवालयमा सम्पर्क गर्नहुन समेत अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्