मोरङ र सुनसरीका ११ फार्मेसीमा सील

मोरङ र सुनसरीका ११ फार्मेसीमा सील

विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले एकै दिन ११ वटा फार्मेसी बन्द गरेको छ । मोरङ र सुनसरीका २२ वटा फार्मेसीको अनुगमन गर्दा कैफियत भेटिएका ११ वटा फार्मेसी सील गरिएको हो ।
विभागले सुनसरीका ४ र मोरङका ७ वटा फार्मेसी सील गरेको छ । औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले त्रुटीपूर्ण सञ्चालनमा रहेका फार्मेसीहरु सील गरिएको जानकारी दिनुभयो ।

सुनसरीको धरान ६ पानबारीका पानबारी मेडिकल, सुन्दर मेडिकल हल, सोम मेडिकल र सीमाना क्लिनिक रहेका छन् ।
अनुगमनको क्रममा पानबारी मेडिकलले प्रतिबन्धित औषधी र दर्ता नभएको सेनिटाइजर बिक्री वितरण गरेको भेटिएपछि विभागले फार्मेसी बन्द गरेको छ । यस्तै सीमाना क्लिनीले औषधी व्यवस्था विभागमा दर्ता बिना औषधी बिक्री वितरण गरेको अनुगमनको क्रममा पाइएपछि सिलबन्दी गरिएको कट्टेलले जानकारी दिनुभयो ।

यसैगरी मोरङको केराबारी गाउँपालिका भित्रका दुई वटा फार्मेसी पनि बन्द गरिएको छ । केराबारी १० मा रहेको केराबारी मेडिकल हलले औषधी बिक्री वितरण गर्ने एक जना फर्मासिष्ट प्राविधिक दुई ठाउँको पसलमा रहेको पाइएपछि बन्द गरिएको विभागले जनाएको छ । केराबारी मेडिकल हलको लागि स्वीकृत लिएर फर्मासिष्ट प्राविधिकको नाम अर्को पथरी ३ मा रहेको सुबिक मेडिकल हलमा समेत पाइएपछि बन्द गरिएको हो । यो फार्मेसीलाई निलम्बनमा समेत राखिएको फार्मेसी निरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिनुभयो ।

यसैगरी केराबारीमा रहेको दिशीका मेडिकल हल, सुन्दरहरंैचा नगरपालिका १० विराटचौकमा रहेको सीता मेडिकल हल, जमुना मेडिकल हल र कुसल मेडिकल हल पनि बन्द गरिएको विभागले जनाएको छ । अनुगमनको क्रममा मिक्लाजुङ्ग गाउँपालिका ४ मा रहेको प्राची मेडिकल हल पनि निलम्बन गरिएको छ । प्राची मेडिकल हलले विभागले अनुगमनका क्रममा पटक पटक सचेत गराउँदा पनि प्रक्रिया पुरा नगरेको कारणले मेडिकल हल शिलबन्दी गरि अर्को आदेश नभएसम्मको लागि निलम्बन गरिएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा औषधी व्यवस्था विभागले दर्ता नभएका २८ वटा फार्मेसी बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्