नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको अपिल, महाधिवेशन उत्सवको रुपमा सम्पन्न गर्न सबैसँग आग्रह

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको अपिल, महाधिवेशन उत्सवको रुपमा सम्पन्न गर्न सबैसँग आग्रह

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला १४ औं महाधिवेशनलाई उत्सवको रुपमा सम्पन्न गर्न आह्वान गर्नु भएको छ । शुक्रबार एक अपिल जारी गर्दै कोइरालाले काँग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने महाधिवेशनलाई उत्सवमय बनाउनु पर्नेमा जोड दिनुभएको हो ।

महाधिवेशनले आफूहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घुच्च्याइरहेको नेता कोइरालाको भनाई छ । महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नु पर्ने जोड दिदैं अपिलमा भनिएको छ–काँग्रेस पार्टीसँग आबद्ध हामी विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधिहरू चयन गर्न गइरहेका छौं । यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ । यसरी हामी आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं ।

काँग्रेसको इतिहास गौरवशाली भएपनि वर्तमान आफ्नै इतिहास सुहाउँदो नभएको बताउँदै यसैले पार्टीलाई पुनःगौरवशाली बनाउने दृढ संकल्पका साथ हामी सवै महाधिवेशनमा सरिक हुनुपर्नेछ । आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ । यसले पार्टी भित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ भनिएको छ । चौधौं महाधिवेशन ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेमा नेता कोइरालाको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्