गोठमा लुकाएको गाँजासहित विराटनगरमा होटल संचालक पक्राउ

गोठमा लुकाएको गाँजासहित विराटनगरमा होटल संचालक पक्राउ

विराटनगर – ११ जनपथमाार्ग होटल संचालन गर्दै आएका एक जना युवक गाँजासहित पक्राउ परेका छन् ।
प्रहरीले विराटनगर ११ जनपथमार्ग ३९ वर्षिय भिम कामतलाई शुक्रबार दिउँसो मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कामत विराटनगर – ११ जनपथटोलस्थित स्कुल छेउमा होटल संचालन गर्दै आएका थिए ।

मोरङ प्रहरी र बखरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भुवन श्रेष्ठको टोलीले कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भुसले छोपेर राखेको अवस्थामा ३ केजी भन्दा बढी बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको गाँजा पहाडी जिल्लादेखि ल्याएको खुलेको छ ।

‘होटल संचालकलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो,’ मोरङ प्रहरीका डिएसपी दिपक श्रेष्ठले भने, ‘अहिले थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका कामतले घरमा राखिएको गाँजा प्याकेट बनाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ । प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि कामतले १ सय देखि २ सय रूपैयाँसम्मको प्याकेट बनाएर गाँजा बिक्री गर्ने गरेका थिए । ‘प्रहरीले लामो समयदेखि कामतको घर र पसलमा रेकी गरेको थियो । गाँजाको कारोबार हुने गरेको सूचना पाएपछि घरमा छापा मारेर गाँजा बरामद गरेको छ,’ एक प्रहरी अधिकृतले भने । उनी लागूऔषध प्रयोगकर्ता र गाँजाको पनि कारोबार गर्ने गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका कामतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्