बेलायतमा कोरोना सङ्क्रमण दर अझ बढ्नसक्ने

<span class='c1'>बेलायतमा कोरोना सङ्क्रमण</span> <span class='c2'>दर अझ बढ्नसक्ने</span>

लन्डन

बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताउनुभएको छ । शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ कि अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्ने भएका छन् |

ती विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जाने भएका छन् । यसबाट देशमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्नसक्ने देखिएको मन्त्री ग्याभिन विलियम्सले बताउनुभएको हो । उहाँले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यसैकारणले हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरिएको पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ ।”
-सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्