विराटनगरमा खुल्यो प्रविधिका सामाग्री विक्रि गर्ने डिजिस्टोरको स्टोर

<span class='c1'>विराटनगरमा खुल्यो प्रविधिका सामाग्री</span> <span class='c2'>विक्रि गर्ने डिजिस्टोरको स्टोर</span>

प्रविधिका सामाग्रीहरु बिक्रि गर्ने उद्देश्य राखेर सुरु भएको डिजिस्टोरले छोटो समयमै देशव्यापी सेवा विस्तार गरिरहेको छ ।
डिजिस्टोरको आफ्नै ईकमर्स वेबसाइट छ, जसमार्फत ग्राहकले इलेक्ट्रोनिक्स, कम्प्युटरसँगै जीवनशैली उपयोगी ग्याजेट्स र अन्य उपकरणको जानकारी लिन र खरिद गर्न सक्छन् ।


डिजिस्टोरमा नेपालको विश्वस्नीय ब्रान्ड डिजिकमको मात्र नभई वान प्लस, डिजेआई, हेभिट, होको, वि.वु. , सुथिङ्ग , मन्सटर जस्ता ब्रान्डका उपकरण र सामाग्रीहरु खरिद गर्न सकिन्छ ।

विराटनगरमा गत श्रावण १ गते बाट र इटहरीमा बैशाख १ बाट डिजिस्टोर सुरु भएको हो । विराटनगरमा मेनरोड निलसदनमा र ईटहरीमा टेम्पो स्टेन पश्चिम लाईनमा डिजिस्टोरको स्टोर स्थापना भएको हो । डिजी स्टोरमा मोबाइल र ल्यापटपका सामाग्रीसँगै दैनिक जीवनमा आवश्यक पर्ने इलेक्ट्रिकल सामग्रीहरु पाईने गर्दछ ।

भर्खरै रक्षाबन्धनको अवसरमा ६४ प्रतिशत सम्मको छुट अफर ल्याएको डिजिस्टोरले तिज विशेष अफर समेत ल्याउदै छ। जसमा आकर्षक गिबअवे तथा साप्ताहिक उपहार र २० जना भाग्यसालीलाई डिस्काउन्ट भौचहरु प्रदान गरिने डिजिस्टोरले जनाएको छ । साथै खरिदको आधारमा फरक फरक छुटका अफर समेत डिजिस्टोरले ल्याएको छ।

डिजिस्टोर हालसम्म नेपालका प्रमुख सहरहरू काठमाडौं, विराटनगर, इटहरी र बिर्तामोडमा स्टोर छन् भने चाँढै नै देशका अन्य २५ ठाउँमा फ्रेन्चाइज स्टोर स्थापना गर्ने क्रममा कम्पनी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्