पाथीभरा जव लिंकद्वारा रोजगारको सात लाख बराबरको दुर्घटना बीमा

पाथीभरा जव लिंकद्वारा रोजगारको सात लाख बराबरको दुर्घटना बीमा

इटहरी । पाथीभरा जब लिंक इटहरी र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौँबीच दुर्घटना बीमाको सम्झौता भएको छ ।
जब लिंकको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीबीच दुर्घटना बीमाको सम्झौता भएको हो ।

सम्झौता पत्रमा पाथीभरा जब लिंकमार्फत जागिर खाने मानिसको सात लाखको निःशुल्क बीमा गरिनेछ । बीमित मानिसको मृत्यु भएमा सात लाख, घाइते भएमा सत्तरी हजार रुपैयाँ र अंगभंग भएमा बीमाङ्क बापतको ४० प्रतिशत रकम हस्तान्तरण गर्नेगरी सम्झौता भएको अधिकारीले बताए ।

उनका अनुसार जागिर खान आउने जो कोहीको पनि एक वर्षको बीमा गरिनेछ । पछिल्लो समय बीमाप्रति मानिसको रुचि बढ्दै गएका कारण पनि दुर्घटना बीमा गरिएको उनले बताए ।
इन्स्योरेन्सका सिईओ खत्रीले जब लिंकमार्फत दुर्घटना बीमाको काम गर्न पाउनु आफूहरूका लागि सकारात्मक रहेको बताए । सम्झौता हस्तान्तरण कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रीय प्रमुख, इटहरी शाखा प्रमुखलगायतको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्