विराटनगर
झि पुचः (नेपाल भाषा तथा संस्कृतिक संघ) विराटनगरको २७ औं साधारण सभाबाट नेपाल सम्वत ११४२–११४३ को लागि हरिबहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यकारीणी समिति गठन भएको छ ।
कार्यसमितिको निर्वाचनका लागि पूर्व अध्यक्ष राजन श्रेष्ठसहित झि पुचः विराटनगरका सल्लाहकार सुवर्ण भक्त जोशी र अधिवक्ता खगेन्द्र बहादुर श्रेष्ठ रहने गरी निर्वाचन समिति निर्माण गरिएको थियो ।
विराटनगर १० स्थित झि पुचःको कार्यालयमा आज सम्पन्न उक्त साधरणसभाबाट वरिष्ठ उपाध्यक्षमा भविष कुमार श्रेष्ठ, उपाध्यक्षमा शरद श्रेष्ठ, महासचिवमा सुरेश लाल श्रेष्ठ, कोषध्यक्षमा शुभाषकुमार अमात्य, सचिवमा संजयकुमार श्रेष्ठ र सह–कोषध्यक्षमा सुरज श्रेष्ठ चयन भएका हुन् ।
सदस्यहरुमा हरिमोहन श्रेष्ठ, उदय बहादुर डंगोल, सन्जु शाक्य, मिरा राजभण्डारी, दीपेन्द्र आमात्य, निश्चल श्रेष्ठ, डा.सन्देश दास श्रेष्ठ, जीना श्रेष्ठ, अभिषेक श्रेष्ठ र सन्जीव श्रेष्ठ रहेका छन् ।
साधारण सभाले आर्थीक वर्ष २०७६/७७ र २०७७/७८ को आर्थीक प्रतिवेदन सर्वसम्मतबाट पारित गर्नुका साथै आर्थीक वर्ष २०७८/७९ को प्रस्तावित आर्थीक प्रतिवेदन तथा वार्षिक कार्यक्रम पनि पारित गरेको नवनियुक्त अध्यक्ष श्रेष्ठले बताए ।