विराटनगर
विराटनगर जुनियर जेसिजले अभिप्रेरक एवम् सकारात्मक सोचाइ विषयक तालिम सम्पन्न गरेको छ । भौतिक उपस्थितिका साथ गरिएको उक्त तालिम को प्रमुख बक्ताका रुपमा अभिप्रेरक बक्ता ( मेरिल्याण्ड एप्लायिड करिएर एकाडेमिका निर्देशक एवं प्राध्यापक बिनय विश्नु के.सि रहनु भएको थियो ।
जीना शर्माको अध्यक्षतामा भएको उक्त तालिम विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ , विराटनगर जुनियर जेसिजका निरुपित संयोजक मिलाप कर्ण, विराटनगर जुनियर जेसीज पूर्व अध्यक्षहरु रमित श्रेष्ठ, सनराइज चौधरी , विराटनगर जेसिजका पूर्व अध्यक्ष इन्द्र खेतान, विराटनगर जेसिजका वरिष्ठ कार्यकारणि उपाध्यक्ष देवचन्द्र घिमिरे, विराटनगर जुनियर जेसिजका बोर्डका पदाधिकारी तथा सदस्यहरु लगायत कुल ४९ जनाको सहभागिता रहेको यस तालिमकि कार्यक्रम संयोजक दिया बानियाले बताउनुभयो । विराटनगर जुनियर जेसिजले यसअघि भर्चुअल अन्तर्कृया कार्यक्रम सप्पन्न गरिसकेको पनि बानियाँले जानकारी दिनुभयो ।