प्रहरी हिरासतमा रहेका एक व्यक्तिको विराटनगरमा मृत्यु


<span class='c1'>प्रहरी हिरासतमा रहेका एक</span> <span class='c2'>व्यक्तिको विराटनगरमा मृत्यु
</span>

विराटनगर

विराटनगर ११ बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका ३९ बर्षीय भीम कामतको प्रहरी हिरासतमा भएको समयमा मृत्यु भएको छ ।

बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका कामतलाई गत शुक्रबार जिल्ला प्रहरी कार्यलय मोरङले गाँजासहित पक्राउ गरेको थियो ।
कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भुसले छोपेर राखेको अवस्थामा ३ केजी भन्दा बढी बरामद गरेको थियो ।

कामत २ दिनदेखी प्रहरी अनुसन्धानको लागी नियन्त्रणमा रहेका थिए । अनुसन्धानको क्रममा रहेका कामत अचानक बिरामी भएपछि अस्पताल लगिएको उनको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
थप यसबारे वृस्तीत रुपमा जानकारी आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्