लायन्स जिल्ला ३२५ एवानका तीनवटा क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

लायन्स जिल्ला ३२५ एवानका तीनवटा क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

विराटनगर

लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ एवान अन्तर्गतका तीनवटा क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।

लायन्स लब अफ बिराटनगर पाथिभरा , लायन्स लब अफ बिराटनगर इन्नोभेटिभ र लायन्स लब अफ बिराटनगर इलाइट क्लबले संयुक्त रुपमा पदस्थापन गरेका हुन्। लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ ए वानका डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले तिनै क्लबका अध्यक्षहरु क्रमश : लायन दिपिका ढुंगाना कोइराला, रिता पोखरेल र डा. सानु सुबेदी लगायत सम्पूर्ण क्लब पदाधिकारीहरुलाई सफथग्रहण गराएका थिए।

सो कार्यक्रममा पुर्व गभर्नर लायन लिला ढुंगेल , पुर्व मल्टिपल चेयरपर्सन राजन खत्री , पिएमजेएफ सेकेन्ड सेन्चुरी एमबासडर लायन भिम घिमिरे लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्