झापामा मेगा बैंकको एटीम सेवा सुचारु

झापामा मेगा बैंकको एटीम सेवा सुचारु

भद्रपुर

मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारा स्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच बैंकले आफ्नो एटीम सेवा सञ्चालन गरेको हो ।

एटिएम उद्घाटनमा शसस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे प्रमुख अतिथिका रुपमा थिए भने मेगा बैंकका प्रदेश १ प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्य भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै बैंकले १ सय ३७ स्थानमा आफ्नो एटीम सेवा विस्तार गर्न सफल भएको छ ।

स्थापनाको १२ वर्षमा आइपुग्दा बैंकले १ सय ९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३,२ सय भन्दा बढी मेगा रेमीट सञ्जाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्